+
+

आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १२:४१

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार तयार रहेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)को रजत जयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन।

‘कोभिड- १९ को महामारी नसकिए पनि हामी सामान्य अवस्थातिर आउँदैछौं,’उनले भने, ‘अब आर्थिक पुनरूत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध छ । मुलुकमा लगानीको वातावरण बनाइने छ ।’

उनले मुलुकमा दोस्रो चरणको सुधार आवश्यक रहेको भन्दै प्रजातन्त्रको स्थापनापछि मुलुकमा आर्थिक क्षेत्रमा खुला बजार नीतिको शुरूआत भएको बताएका छन् । मुलुकमा आर्थिक सुधार गरिएका केही निजी लगानी वृद्धि भएको भन्दै उनले उद्योग, बैंक तथा वित्तीय संस्थाहरू, वायुसेवा कम्पनी जलविद्युुतमा उदाहरणीय काम गरेको बताए ।

नेपाललाई अल्पविकसित राष्ट्रबाट विकाससील मुलुकमा स्तरोन्नति गर्ने निर्णय हालै संयुक्त राष्ट्रसंघको महासभाले गरेको भन्दै उनले लामो समयदेखि गरिब मुलुक बनेर बस्नुपर्दाको लघुताभाषबाट मुक्ति पाउन स्तरोन्नतिको निर्णय महत्वपूर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?