+
+

एक व्यक्तिलाई एक पटक मात्रै आरक्षणको सुविधा हुनुपर्छ : सांसद रसाईली

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १४:१५

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले आरक्षण सुविधाबारे पार्टीले प्रष्ट नीति बनाउनुपर्ने बताएका छन् । उनले आरक्षणका नाममा एउटै व्यक्तिले सधैं अवसर पाइरहने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन् ।

बुधबार काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रियामा सांसद रसाइलीले आरक्षणको समान वितरण हुनुपर्ने बताएका हुन् । ‘एउटा व्यक्तिलाई एक पटक मात्रै आरक्षणको सुविधा हुनुपर्छ,’ उनले भने, ‘यो राज्यको लाभको पदमा होस् या पार्टीभित्र । सबै ठाउँमा लागू हुनुपर्छ । यसबारे पार्टीमा बहस हुनु जरुरी छ ।’

एउटै पदमा पटकपटक एउटै व्यक्तिले लाभ लिनु उचित नुहने उनको भनाई थियो । ‘सधैं एउटै व्यक्तिले आरक्षणका नाममा अवसर लिइरहने अनि अरुले त्यो सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था छ,’ उनले भने, ‘१४ औं महाधिवेशनमा म यो एजेण्डालाई प्राथमिकताका साथ उठाउँछु ।’

सांसद रसाइलीले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी १३ औं महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्य पदमा पराजित भएका थिए ।

नेता रसाइलीले कांग्रेसमा सामान्य नागरिकका मुद्दा उठाउनका लागि आफूले उम्मेदवारी दिएको बताए । ‘म आफैँ यो समाजको पिँधबाट उठेर आएको व्यक्ति हुँ । डेमोक्रेसीमा समाजका हरेक व्यक्तिको मत समान हुन्छ । चाहे त्यो विलिनियर होस् वा भरिया । सबैको मतको अधिकार उतिनै हो,’ उनले भने, ‘त्यो समाजको पिँधमा रहेका समुदायको मुद्दा उठाउन मेरो उम्मेदवारी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?