+
+
Shares

रचनाको ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १७:४८

१५ मंसिर, काठमाडौं । गायिका रचना रिमालले ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बोलको गीत सार्वजनिक गरेकी छन् । सार्वजनिक गीतमा रचनासँगै रवि ओड, प्रविन बेडवाल र बाबुल गिरीको स्वर छ ।

धनेन्द्र रसाइलीको शब्द रहेको गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज छ । रचनाले आफ्नै युट्युब च्यानलमार्फत यो गीतको भिडियो सार्वजनिक गरेकी हुन् । संगीत सागरको निर्देशनमा बनेको भिडियोमा गायक–गायिका स्वयंलाई फिचरिङ गरिएको छ ।

यसपटक आफूले फरक किसिमको गीत गाएको भन्दै रचनाले गीतलाई स्रोता–दर्शकले पनि रुचाएको बताइन् । ‘युट्युब भ्युज केही कम भएपनि अधिकांश प्रतिक्रिया सकारात्मक छन् । त्यसले एकदमै उत्साहित छु,’ रिमालले भनिन् ।

गीतमा हारले जिन्दगीमा निखार ल्याउने कुरा व्यक्त गरिएको छ । विश्वास भण्डारीको छायांकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । भिडियोको निर्माता मिलन बराइली हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?