+
+

आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बढाउन सरोकारवालाको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १९:५४

१५ मंसिर, काठमाडौं । कोरोना महामारीपछि आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अगाडि बढाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) स्थापनाको रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहमा बोल्‍दै उनीहरुले आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बढाउन माग गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण सहज तुल्याउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्दै प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा तपाईंको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ, त्यसको ग्यारेन्टी सरकारले लिन्छ भन्नेमा म विश्वास दिलाउन चाहन्छु।’

खुला बजारमुखी अर्थ नीतिका कारण हासिल भएका उपलब्धि र यसमा देखिएका कमी कम्जोरीको विश्लेषण गरी समृद्धिको बाटो तय गर्नु हाम्रो प्राथमिकता रहेको बताए ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार विकास निर्माणमा राज्य संयन्त्रको काम गर्ने ढाँचा र सार्वजनिक खरिद ऐनलगायत कानुनलाई विकासमैत्री बनाउन आवश्यक रहेको बताए । यसका लागि खरीद कानूनमा सुधार देखि विकास कानूनसम्मको आवश्यकता रहेको उनको भनाइ छ ।विकासमा अवरोध हुने गरि विद्यमान कतिपय कानूनहरुमै सुधार नगरेसम्म अपेक्षित उपलब्धी प्राप्त नहुने उनले बताए ।

यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले पहिलो चरणको आर्थिक सुधारले उदार अर्थनीतिलाई अंगिकार गरेको भन्दै तर, अहिले त्यो प्रवृत्ति नरहेको उल्लेख गरे । खासगरी लाइसेन्स प्रथा हावी भएपछि आर्थिक स्वतन्त्रता कुण्ठित हुँदै गएको सन्दर्भमा दोस्रो चरणको आर्थिक सुधारको आवश्यकता झनै बढेको उनको भनाई छ ।

कार्यक्रममा सांसद तथा उद्योगपति विनोद चौधरीले उपाध्यक्ष पौडेलको भनाइसँग सहमती रहेको बताउँदै लाइसेन्स प्रथा आर्थिक विकासको बाधक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अबको राष्ट्रवाद आर्थिक समृद्धिमा केन्द्रित गर्न सुझाव दिए । खासगरी एमसीसी सम्झौतामा भइरहेको राजनीतिकरणप्रति असन्तुष्टी व्यक्ति गर्दै उनले यस्तो अनुदानहरुले मुलुकको समृद्धिको ढोका खोल्ने बताए ।

यस्तै उद्योग परिसंघका अध्यक्ष विण्णु अग्रवाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अकस्मात हुने नीतिगत परिवर्तनले निजी क्षेत्रमा पर्न जाने असर बारे गम्भीर हुन सुझाव दिए ।

समारोहमा राजीव उपाध्याय र प्राडा अच्युत वाग्लेलाई सम्मान गरिनाका साथै हिमाल खबर पत्रिकाका रमेशकुमार न्यौपाने, अन्नपूर्ण पोष्ट दैनिकका सुनिता कार्कीलाई जनही ५०÷५० हजार राशिको सेजन अवार्ड प्रदान गरियो ।

कार्यक्रममा सेजनका पूर्वपदाधिकारी सञ्जय न्यौपाने स्मृति फेलोसिप कारोबार दैनिकका सरस्वती ढकाल र नागरिक दैनिकका हिमाल लम्साललाई प्रदान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?