+
+

लक्ष्मी बैंकको डिजिटल डिसेम्बरको तेस्रो संस्करण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १२:५०

काठमाडौं । लक्ष्मी बैंकले वार्षिक योजना ‘डिजिटल डिसेम्बर’ को तेस्रो संस्करण ल्याएको छ । एक महिने यो अभियान अन्तर्गत विभिन्न पुरस्कार र छुट माध्यमबाट ग्राहकहरूलाई डिजिटल बैंकिङ प्रविधिहरू प्रयोगमा प्रोत्साहन गर्ने बैंकले जनाएको छ ।

आफ्ना ग्राहकहरुलाई सधैँ डिजिटल बैंकिङ प्रयोग गर्न प्रोत्साहनका लागि वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको बैंकले बताएको छ ।

डिजिटल डिसेम्बरको यस संस्करण क्यूआर भुक्तानीको प्रवर्द्वन गर्नमा केन्द्रित रहेको र लक्की ड्रद्वारा आफ्ना ग्राहकहरुलाई क्यूआर भुक्तानी गर्न र व्यवसायीहरुलाई क्यूआरबाट लेनदेन गर्न प्रोत्साहन गर्ने विश्वास बैंकको छ ।

यस योजना अन्तर्गत, डिजिटल डिसेम्बरभर हरेक हप्ता ३ भाग्यशाली क्यूआर व्यवसायीहरुले रु.५ हजार नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली क्यूआर भुक्तानी गर्ने ग्राहकले रु.५ सयसम्मको ५० प्रतिशत क्यासब्याक जित्न सक्ने बैंकले जनाएको छ ।

साथै यस योजनाको अवधिभर, मोबाइल मनिका नयाँ प्रयोगकर्ताहरुले मोबाइल मनिमार्फत रु.१ हजार भन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरुमध्ये ५०० जना भाग्यशाली ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा रु.५०० क्यासब्याक पाउन सक्नेछन् । यसका साथसाथै डिजिटल कारोबारलाइ थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभर मोबाइल मनि सब्स्क्राइब गर्ने सबैले एक महिना सो सेवा नि:शुल्क पाउन सक्ने बैंकको भनाइ छ ।

डिजिटल डिसेम्बरको यो संस्करण शुरु भइसकेको जानकारी दिँदै लक्ष्मी बैंकले यस अन्तर्गतका पुरस्कारका योजनाहरु यसै सातादेखि सार्वजनिक गर्दै जाने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?