+
+

खुकुरी रमको नयाँ प्याकेजिङका ५ विशेषताले तान्यो ग्राहकको ध्यान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १३:११

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको अनुभव र नेपालीहरुको मौलिकपन तथा परम्परालाई समेत फ्यूजन हुने गरी एक विशेष अनुभूति दिलाउने गरी तयार भएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रम पारखीहरुको ध्यान तान्न थालेको कम्पनीले जनाएको छ ।

विगत ६२ वर्षदेखि खुकुरी रमलाई ग्राहकहरुले अन्तर्राष्ट्रिय स्तरको स्वरुपमा तयार भएको नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रियाहरु आइरहेको कम्पनीले दावी गरेको छ ।

कम्पनीका अनुसार नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषताहरु थपिएका छन् ।

द नेपाल डिष्टिलरिजका महाप्रबन्धक सुभास लामिछानेकाअनुसार रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ ।

यस्तै, खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरुको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछानेको भनाइ छ ।

रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरुको शक्तिको प्रतीक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उनले बताए ।

यस्तै, स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्ताहरुलाई सत्प्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वास समेत दिलाउने उनको तर्क छ ।

नयाँ प्याकमा एकअर्काको पूरकको रुपमा रहेको खुकुरीले नेपालीहरुको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वर्ल्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने उनले बताए ।

खुकुरी रमको नयाँ प्याकका यिनै ५ विशेषताका कारण ग्राहकहरु उत्साहित देखिएको कम्पनीले दावी गरेको छ । कम्पनीका अनुसार खुकुरी रमले नयाँ प्याकमा पृथक प्रयोग गरेर आफ्ना ग्राहकहरुका लागि यसलाई अझ विशेष बनाउने काम गरेको छ ।

उनकाअनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिइएको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?