
१६ मंसिर, काठमाडौं । बलिउड नायिका अथिया सेट्टी केही वर्षदेखि क्रिकेटर केएल राहुलको प्रेममा छिन् । अथिया र राहुलले सार्वजनिक रुपमा एकसाथ उपस्थिति भने जनाएका थिएनन् । तर, सामाजिक सञ्जालमा भने यी दुईको प्रेम चर्चा लामो समयदेखि चलिरहेको छ ।
तर, अथियाका भाइ अहान सेट्टीले अभिनय गरेको चलचित्र ‘तडप’को प्रिमियरमा भने राहुल पुगेका छन् । राहुल र अथियाले एकसाथ तस्वीर पनि खिचाएका छन् ।
यो चलचित्र भोलिबाट विश्वभर रिलिज हुँदैछ । अहानको करिअरका लागि यो चलचित्र विशेष छ । यसैले पनि राहुलले अथियाका भाइलाई साथ दिएका हुन् ।
चलचित्रको प्रिमियरमा नायक सुनिल सेट्टी, माना सेट्टीदेखि पूरै सेट्टी परिवार उपस्थित थियो । चलचित्रको प्रिमियरमा नायक सलमान खान पनि पुगेका थिए ।
साजिद नाडियाडवालाको निर्माणमा बनेको यो चलचित्रमा अहानसँग नायिका तारा सुतरियाले रोमान्स गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4