+
+

वेलका नगरपालिकामा अख्तियारको छापा, फाइल नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १५:५५

१६ मंसिर, काठमाडौं । उदयपुरको वेलका नगरपालिकामा मिडिया सेन्टर स्थापनाको नाममा अनियमितता भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरी सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएको छ ।

मिडिया सेन्टर स्थापना गर्ने भनेर प्रदेश सांसद कोषबाट छुट्याइएको रकममा अनियमितता भएको आशंकापछि आयोगको कार्यालय इटहरीमा उजुरी परेको थियो । अनियमितताको आशंकामा वेलका नगरापलिकाकै एक कर्मचारीले समेत अख्तियारमा उजुरी दर्ता गराएको बताइएको छ ।

अख्तियारको इटहरी कार्यालयका प्रमुख बाबुराम खतिवडाले उजुरी परेको र यस विषयमा अख्तियारको केन्द्रीय कार्यालयमा फाइल पठाइएको जानकारी दिए । उनका अनुसार केन्द्रमा समेत उजुरी दर्ता भएर कारबाही प्रक्रिया अघि बढ्छ ।

उजुरीपछि अख्तियारले नगरपालिकाबाट यससँग सम्बन्धित फाइलहरु लगेको छ । अनुसन्धान गर्नु पर्ने देखिएको भन्दै अख्तियारले कागजातहरु लगेको नगरपालिकाका सूचना अधिकारी चेतनाथ गौतमले जानकारी दिए । प्रदेश सभा सदस्य विमल कार्कीको निर्वाचन क्षेत्र वेलका नगरपालिकामा अघिल्लो वर्षको बजेटबाट १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । नगरपालिकाकाले मिडिया सेन्टर स्थापना गर्नका लागि एउटा कोठा उपलब्ध गराएको थियो ।

नगरका सूचना अधिकारीका अनुसार केही पत्रकारहरुको आग्रहमा १० लाख रुपैयाँ नै भुक्तानी भइसकेको छ । कम्प्युटर तथा क्यामेरा लगायतका सामग्रीहरु खरिद गरिएको भनिएपछि भुक्तानी दिइएको उनले बताए । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सञ्चालन) नियमाली, २०७८ विपरीत खर्च गरिएको अख्तियारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?