+
+

धरहराबाट आसिफको घोषणा- मंसिर २३ गतेबाट नेपाल आइडल प्रसारण हुँदैछ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १५:५३
फाइल तस्वीर

१६ मंसिर, काठमाडौं । चर्चित  रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजनको प्रसारण मिति सार्वजनिक गरिएको छ । ‘नेपाल आइडल सिजन ४’ मंसिर २३ गतेबाट प्रसारण हुनेछ ।

धरहराको बार्दलीमा बसेर यो शोका होस्ट आसिफ शाहले प्रसारण मिति सार्वजनिक गरेका हुन् । ‘नेपाल आइडल’ एपी १ एचडी टेलिभिजनबाट प्रसारण हुनेछ । उनले राजा महाराजाहरुको पालामा अग्लो ठाउँबाट कटुवालले सन्देश पुर्‍याउने शैलीमा यो रियालिटी शोको चौथो सिजनको  प्रसारण मिति सार्वजनिक गरेका छन् ।

नेपाल आइडलका अघिल्ला तीन सिजनले दर्शकको उल्लेख्य साथ पाएको थियो । यो शोबाट जन्मिएका थुप्रै प्रतिभाहरु अहिले नेपाली सांगीतिक क्षेत्रमा चर्चित छन् ।

‘नेपाल आइडल’को चौथो सिजनमा आइपुग्दा यसका निर्णायक पनि परिवर्तन भएका छन् । चौथो सिजनमा संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा छन् ।

यसपटक निर्णायकहरुको छनोटमा एक सय भन्दा बढी प्रतिस्पर्धी अगाडि बढ्नेछन् । तर, गाला राउण्डमा पुग्दा १२ जना प्रतिस्पर्धीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यो शोका निर्देशक सुरेश पौडेल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?