+
+

डाबर नेपाल, तालकोल्ला सीएफयूजी र इसिमोडबीच त्रिपक्षीय सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १९:३९

१६ मंसिर, काठमाडौं । डाबर नेपाल, तालकोल्ला सीएफयूजी र इसिमोडबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम हासिल गर्ने उदेश्यका साथ त्रिपक्षीय सम्झौता भएको हो ।

इसिमोडका प्रवन्ध निर्देशक पेमा ग्याम्त्सो, डाबर (नेपाल र म्यानमार)का बिजनेस प्रमुख हरकितरत सिंह बेदीले एमओयूमा हस्ताक्षर गरेका छन् । कार्यक्रमा इसिमोडका रणनीतिक सहयोग निर्देशक वसन्त राज श्रेष्ठ र डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द रानाको समेत उपस्थिति रहेको थियो ।

भौगोलिक र हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना रहेको र यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह, डाबर नेपाल प्रालि र इसिमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक–निजी–सामुदायिक साझेदारीले इकोसिस्टम पुनस्र्थापना, जीविकोपार्जनका विकल्पहरुलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?