+
+

तीन प्रस्तावित राजदूतको संसदीय सुनुवाइ फेरि सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १२:०८

१७ मंसिर, काठमाडौं । तीन देशका प्रस्तावित राजदूतको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक फेरि सरेको छ ।

नेपाली कांग्रेसको सांसदहरु महाधिवेशनमा व्यस्त भएको लगायतका कारण देखाएर बैठक २० गतेलाई सारिएको हो । यसअघि मंसिर ५ गतेको बैठक पनि कोरम नपुगेर बस्न सकेको थिएन ।

शुक्रबारको बैठकमा भारत, अमेरिका र बेलायतमा नियुक्तिका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गर्ने भनिएको थियो । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?