+
+

डा. फागोलाई महानन्द पुरस्कार प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १२:०९

१७ मंसिर, काठमाडौं । डा. शंकर सुब्बा फागोलाई ‘महानन्द सापकोटा साहित्य साधक सम्मान’ प्रदान गरिएको छ । बिहीबार कवि एवं ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, ड्यालस’का सल्लाहकार विप्लव प्रतीकले फागोको निवासमै पुगेर ५० हजार रुपैयाँको पुरस्कार हस्तान्तरण गरेका हुन् ।

फागोले आफ्नो विद्यावारिधि भाषासेवी महानन्द सापकोटाबारे गरिएको शोधमार्फत पाएका हुन् । यसैलाई सम्मान गर्दै महानन्द सापकोटा साहित्य गुठीले फागोलाई पुरस्कार प्रदान गरेको हो ।

‘धेरै वर्षअगाडि गरेको कर्मको फल अहिले पाएँ । यसले मलाई भाषा-साहित्यमा क्रियाशील हुन अझै बल मिलेको छ,’ पुरस्कार ग्रहणपछि फागोले भने, ‘नेपालभित्रको भाषा-साहित्यको उत्थानमा महानन्दको योगदान निस्वार्थ र अतुलनीय छ ।’

यसअघि उक्त सम्मानद्वारा दुर्गालाल श्रेष्ठ, वसन्त थापा, गोविन्द वर्तमान (मरणोपरान्त), किशोर नेपाल, किरण खरेल तथा नेपाली शिक्षा परिषद् विभूषित भइसकेका छन् । महानन्द सापकोटा साहित्य गुठी अन्तर्गत सन् २०१२ मा यो पुरस्कार स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?