+
+

सर्लाहीमा अधिवेशन गराउन कांग्रेसलाई सकस, चौथो निर्वाचन अधिकृत पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १४:१०

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउन एक साता मात्रै बाँकी रहेका बेला सर्लाहीमा भने वडा अधिवेशन  पनि हुन सकेको छैन । जिल्लामा कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण अधिवेशन हुन नसकेको हो ।

केन्द्रीय निर्वाचन समितिले पठाएका निर्वाचन अधिकृत अधिवेशन गराउन नसकेर राजीनामा दिँदै फर्किएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो । यसअघि केन्द्रले पठाएका तीन जना जिल्ला निर्वाचन अधिकृतले राजीनामा दिएपछि बिहीबार चौथो निर्वाचन अधिकृत पठाइएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार पछिल्लो पटक अरूण ज्ञवाली निर्वाचन अधिकृतका रुपमा सर्लाही गएका छन् ।

निर्वाचन समितिले पहिलो पटक विनोद कार्कीलाई निर्वाचन अधिकृतका रुपमा सर्लाही पठाएको थियो । उनले विवाद सुल्झाउन नसकेपछि राजीनामा दिएका थिए । त्यसपछि अधिवेशन गराउन दिवाकर पाण्डे सर्लाही पुगे । तर पाण्डेमाथि पार्टी कार्यालयमै आक्रमण भएपछि उनले महाधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिए ।

दुई जना निर्वाचन अधिकृतले राजीनामा दिएपछि कांग्रेसले भरत राउतलाई पठाएको थियो । उनले अधिवेशन प्रक्रिया अगाडि बढाए । उनले सर्लाहीमा दुई सय वडा रहेकोमा एक ९० वडामा वडा अधिवेशन सम्पन्न गराए ।

तर शुक्रबारका लागि प्रदेश र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मिति तोकिएकोमा निर्वाचन अधिकृत राउत भने सम्पर्कविहीन भएपछि अधिवेशन प्रभावित भएको हो । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव श्रेष्ठले नयाँ निर्वाचन अधिकृतले एक/दुईमै अधिवेशन प्रक्रिया अगाडि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?