+
+

विमानस्थलबाट बिहीबार पनि ९ किलो ‘झिटिगुन्टा’ सुन बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १५:३१

१७ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार पनि ९ किलो सुन बरामद गरेको छ ।

झिटिगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको चौथो दिन दुबई, कतार र मलेसियाबाट नेपाल आएका २११ जनाबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए ।

सोमबारदेखि भन्सारले यात्रुले ल्याउने सुनमा राजश्व संकलन गर्न कडाई थालेको थियो । बिहीबारसम्म गरी चार दिनमा यसरी भित्रिएको सुनको परिमाण ५६ किलो नाघेको छ ।

बिहीबार अघिल्लो दिन सुन बोकेर आउनेहरु २४१ जनाले आफ्नो सुन राजश्व तिरेर लगेका छन् । यसरी ११ किलो ४० ग्राम सुन भन्सारबाट पास हुँदा राजश्व एक करोड ९ लाख ९३ हजार रुपैयाँ संकलन भएको विमानस्थल भनसार कार्यालय प्रमुख महेश भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?