+
+

सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १७:०६
सुदूरपश्चिम प्रदेश सभापतिका उम्मेदवार पौडेल पक्षका नारायण मिश्र (बाँया) र वीरबहादुर बलायर ।

१७ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसले सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाएको छ । पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता पौडेलका बीचमा पद बाँडफाँटको कुरा नमिलेपछि अन्ततः निर्वाचन प्रक्रिया थालिएको हो ।

संस्थापन पक्षबाट पूर्वमन्त्री वीरबहादुर बलायर र पौडेल पक्षबाट कैलाली जिल्ला विकास समितिका तत्कालीन सभापति नारायण मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृत वीरबहादुुर जेठाराकाअनुसार सभापतिमा बलायर र मिश्रले प्यानलसहित उम्मेदवारी दिएका छन् । निर्वाचन समितिकाअनुसार सभापतिका उम्मेदवार बलायरको प्यानलबाट उपसभापतिमा बैतडीका नेता लोकराज अवस्थी र कैलालीका जनक चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

मिश्रको प्यानलबाट कञ्चनपुरका नेता गोपाल गुुरुङ र बाजुराका पूर्वजिल्ला विकास समितिका सभापति मानबहादुर रावलले उपसभापतिमा उम्मेदवारी दिएका छन् । महामन्त्रीमा बलायरको प्यानलबाट कैलालीका सभापति नरनारायण शाह (मनु ) र अछामका नेता मेखराज खड्काले उम्मेदवारी दर्ता गराएका छन् । मिश्रको प्यानलबाट तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष प्रताप गुुडधामी र अछामका रामबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा बलायरको प्यानलबाट कञ्चनपुरका चिन्तामणि भट्ट, कञ्चनपुरकै गोपाल भट्ट र अम्बिका चलाउने उम्मेदवारी दर्ता गराएका छन् । मिश्रको प्यानलबाट जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र रोकाया र नरेन्द्र भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।

बलायरको प्यानललाई कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थन छ भने मिश्रलाई वरिष्ठ नेता पौडेलसँगै शेखर कोइरालाको पनि साथ रहेको छ ।

निर्वाचन समितिका अनुसार मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई साढे ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारी फिर्ता लिन समय तोकिएको छ भने ७ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । शनिबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यसूची रहेको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?