+
+

एसियन युथ पारा गेम्स : प्रकाशको मिश्रित प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १९:०४

१७ मंसिर, काठमाडौं। नेपाली खेलाडी प्रकाश अधिकारीले बहराइनको मानामामा जारी एसियाली युथ पारा गेम्सको ब्याडमिन्टनमा मिश्रित प्रदर्शन गरेका छन् ।

चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को खेलमा प्रकाशले समान १-१ जित र हार आत्मसात् गरे ।

एसएल-४ क्याटगोरी अन्तर्गत पुरुष सिंगल्सको पहिलो खेलमा इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमले प्रकाशलाई २१–१५ र २१–९ को सोझो सेटमा पराजित गरे । दोश्रोमा प्रकाशले भारतका नेहाल गुप्तालाई २१–१३ र २१–१८ को सीधा सेटमा हराए ।

अब लिगको अन्तिम खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानी विरुद्ध खेल्ने अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

गेम्समा तेक्वान्दोका ३ खेलाडी पनि सहभागी छन् । ब्याडमिन्टनमा नेपालबाट सहभागी प्रकाश एक्लो हुन् ।

उद्घाटनको मार्च पास्टमा पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबद्र्धनले नेपालको झण्डा बोकेकी थिइन् । गेम्म डिसेम्बर ६ तारिखसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?