
१७ मंसिर, काठमाडौं । नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको केमेष्ट्री चलचित्रदेखि म्युजिक भिडियोमा सुहाएको छ । यसैले पनि उनीहरुलाई चलचित्र र म्युजिक भिडियोमा मेकरले लाखौं लगानी गरिरहेका छन् । पूजा र आकाशलाई लिएर निर्देशक निकेश खड्काले पनि थुप्रै भिडियो तयार पारिसकेका छन् ।
निकेशको निर्देशनमा तयार भएको ‘झुम्कावाली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा पूजा र आकाशको गज्जबको डान्स हेर्न सकिन्छ । मेलिना राई र मिलन अर्यालको स्वर रहेको गीतमा सुजन रेग्मीको शब्द, मिलन अर्यालको संगीत छ । मिलन र सुजन इन्जियिनर हुन् ।
निवेश अर्याल, कृष अर्याल र निकिता तिमिल्सिनाको लगानी रहेको भिडियोमा वुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन र सुबोल थापाकोे कोरियोग्राफी छ । पूजा र आकाशले आफूहरुको जोडीलाई दर्शकले निक्कै रुचाएकाले पनि निरन्तर सहकार्य गरेको बताए ।
प्रतिक्रिया 4