+
+

उम्मेदवारको नाम मतपत्रमै छुटेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १८ गते १२:४४

१८ मंसिर, विराटनगर । मतपत्रमा उम्मेदवारको नाम छुटेपछि नेपाली कांग्रेस प्रदेश १ को मतदान रोकिएको छ ।

शनिबार बिहान ८ बजेबाट मतदान गर्ने कार्यतालिका थियो । तर उम्मेदवारको नाम छुटेपछि तोकिएको समयमा मतदान सुरु हुन नसकेको निर्वाचन समितिका अधिकृत भरत थापाले जानकारी दिए । मतदान एक बजेपछि सुरु हुने अधिकृत थापाले बताए ।

मतपत्रमा इलामबाट सदस्यमा उठेका श्याम खड्की, शान्तिकला तामाङ राई, जीवन नेपालीको नाम छुटेको थियो । नेपालीले दलित कोटाबाट, खड्कीले भूगोल खुलाबाट र शान्तिकलाले महिला खुलाबाट मनोनयन दर्ता गरेका थिए । उम्मेदवारको नाम छुटेपछि उम्मेदवारहरुले विरोध गरेका थिए । विरोधपछि मतदान रोकिएको हो । नाम समावेश गर्ने सहमति भएको उम्मेदवार खड्कीले बताए ।

नेपाली कांग्रेसको प्रदेश १ सभापतिका लागि संस्थापन पक्षबाट उद्धव थापा र संस्थापन इतर पक्षबाट गुरूराज घिमिरेले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?