+
+

राप्रपाको उपाध्यक्षमा पाण्डे र महामन्त्रीमा राणा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते ७:०९

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

अध्यक्ष पदमा राजेन्द्र लिङ्देन, खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् ।

अध्यक्ष पदमा आफ्नो पराजय स्वीकार गर्दै कमल थापाले आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाएका छन् ।

कसले कति मत पाए ?

राप्रपाको अध्यक्ष पदमा विजयी लिङ्देनले १ हजार ८ सय १७ मत पाउँदा थापाले १ हजार ६ सय १७ मत पाएका छन् ।

खुला उपाध्यक्षमा विक्रम पाण्डे २ हजार ५ सय २१ मतसहित विजयी भएका छन् । बुद्धिमान तामाङले १ हजार ९ सय ४४ र ध्रुवबहादुर प्रधानले १ हजार ८ सय १४ मत पाएका छन् ।

महिला उपाध्यक्षमा रोशन कार्की १ हजार ५ सय ८९ मत सहित विजयी भएकी छन् ।

यसैगरी महामन्त्रीमा डा. धवल शम्सेर राणा विजयी भएका छन् । नेपालगञ्ज महानगरपालिकाका मेयरसमेत रहेका राणा राजेन्द्र लिङ्देन समूहबाट चुनाव लडेका थिए । राणा २ हजार २ सय २१ मतसहित महामन्त्रीमा विजयी भएको राप्रपाको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीका अर्का प्रत्यासी भुवन पाठकलाई १ हजार ७ सय ५ मत प्राप्त भएको थियो ।

महिला महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मतसहित विजयी भएकी छन् । अर्का प्रत्यासी रेखा थापाले १ हजार ६ सय ४० मत पाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?