
काठमाडौं । भनिन्छ हजारौँ शव्दहरुबाट अभिव्यक्त गर्न नसकिने कुरा एउटा तस्वीरले बताइन्छ । तर अहिले तस्वीरको ठाउँ पनि इमोजीले लिइरहेको छ ।
सोसल मिडियामा च्याट गर्दा होस् वा कसैको स्टाटस तथा पोस्टमा प्रतिक्रिया दिँदा होस् मानिसहरु टेक्स्टको प्रयोग कम र इमोजीको प्रयोग बढी गर्ने गरेका छन् । च्याटिङदेखि ग्राफिक्ससम्म अनि भिडियो सम्पादनमा समेत इमोजीको प्रयोग भैरहेको छ ।
अमेरिकास्थित गैरनाफामूलक संस्था युनिकोड कन्सोर्टियमले हरेक वर्ष लोकप्रिय इमोजीहरुको सूचि सार्वजनिक गर्ने गर्दछ । सोही क्रममा कन्सोर्टियमले सन् २०२१ का सर्वाधिक लोकप्रिय इमोजीहरुको सूचि पनि सार्वजनिक गरेको छ ।
रिपोर्ट अनुसार विश्वमा ९२ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले इमोजी प्रयोग गर्ने गरेका छन् ।
यी हुन् यो वर्ष सन् २०२१ का सर्वाधिक लोकप्रिय १० इमोजीहरुः
१. 😂
२. ❤️
३. 🤣
४. 👍
५. 😭
६. 🙏
७. 😘
८. 🥰
९. 😍
१०. 😊
कन्सोर्टियमले सन् २०२० मा यस्तो सूचि सार्वजनिक गरेको थिएन । यसअघि पछिल्लोपटक सन् २०१९ मा लोकप्रियम इमोजीहरुको सूचि सार्वजनिक गरेकोमा दुई वर्षअगाडि र हालको सबैभन्दा लोकप्रिय शीर्ष दुई इमोजीहरु भने उही नै रहेका छन् ।
दुई वर्ष अगाडि जस्तै अहिले पनि संसारमा सबैभन्दा धेरै प्रयोग हुने इमोजी हर्षको आँशुवाला अर्थात् टियर्स अफ जोए रहेको छ । त्यस्तै दोश्रो सर्वाधिक लोकप्रिय इमोजीको रुपमा प्रेमको दर्शाउने रेड हार्ट रहेको छ ।
सन् २०१९ मा लोकप्रिय १० इमोजीको सूचि यस्तो थियो–
· 😂
· ❤️
· 😍
· 🤣
· 😊
· 🙏
· 💕
· 😭
· 😘
· 👍
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4