+
+

इन्डोनेसियामा ज्वालामुखी विष्फोटमा परी १३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १३:३७

१९ मंसिर, काठमाडौं । इन्डोनेसियाको सेमेरु ज्वालामुखी विष्फोटमा परी १३ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् ।

इन्डोनेसियाको विपत न्यूनीकरण एजेन्सी (बीएनपीबी)का प्रवक्ताले आइतबार एक विज्ञप्ति जारी गर्दै सेमेरु ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु भएको र २ जना मृतकको पहिचान खुलेको जानकारी दिएका छन् ।

बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीका अनुसार कम्तिमा ९८ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजना गर्भवती महिला रहेका छन् । उनका अनुसार जाभा प्रान्तको सेमेरु वरपरका बस्तीबाट ९०२ जना अन्यत्र सारिएको छ ।

यसैबीच, बीएनपीबीले मानिसहरूलाई ज्वालामुखीको मुखबाट ५ किलोमिटरसम्म टाढै रहन भनेको छ । उद्दारकर्ताले कुराह कोबोकान गाउँमा हराइरहेका ७ जनाको खोजी गरिरहेको अलजजिराले जनाएको छ । समाचारअनुसार बालुवा खानीमा काम गर्ने केही मानिस अझै हराइरहेको आशंका गरिएको छ ।

शनिबार इन्डोनिसियाको जाभा टापूमा अवस्थित सेमेरु ज्वालामुखि विस्फोट भएको थियो । ज्वालामुखी विष्फोट लगत्तै आकाशमा १२ किलोमिटरमाथि धुवाँ र खरानी मुस्लो फैलिएको थियो भने तातो ग्यास र लाभा तलतिर बगेको थियो ।

त्यस्तै, ज्वालामुखीको धुँवाले लुमाजाङ जिल्लाका कैयौं गाउँ पूरै ढाकिएका थिए । जिओलोजिकल सर्वे सेन्टरका एको बुडी लेलोनोका अनुसार निरन्तरको वर्षा र गड्याङगुङुङका कारण एक्कासि ज्वालामुखी विस्फोट भएको थियो । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?