+
+
Shares

‘शेयरिङ द रोटरी स्टोरी’ कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १४:२०

काठमाडौं । नेपालमा रहेका रोटरी क्लवहरुको संयुक्त आयोजनामा ‘शेयरिङ द रोटरी स्टोरी’ कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंस्थित होटल अलफ्टमा विभिन्न १२ वटा रोटरी क्लबहरुको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

रोटरी क्लब अफ काठमाडौं, रोटरी क्लब अफ काठमाडौं मेट्रो, रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ बागमती काठमाडौं, रोटरी क्लब अफ राजधानी, रोटरी क्लब अफ काष्ठमण्डप, रोटरी क्लब अफ पाटन साउथ, रोटरी क्लब अफ त्रिपुरेश्वर, रोटरी क्लब अफ काठमाडौं मिडटाउन, रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ कान्तिपुर, रोटरी क्लब अफ कुपण्डोलको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा रोटरी क्लबले देशको विभिन्न भू–भागमा विविध विषयमा गरेका उल्लेखनीय सामाजिक अभियानहरुका बारेमा श्रव्यदृश्य सामग्रीको प्रस्तुती गरेको थियो ।

१२ वटा रोटरी क्लबहरुले आ–आफ्नो स्टल पनि राखी त्यस मार्फत पनि आफुले गरेका सामाजिक कार्यहरुको सारांशमा प्रस्तुति गरेका थिए । जस मध्ये ३ स्टललाई उत्कृष्ट स्टल घोषणा गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?