+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

बझाङको प्रहरी हिरासतमा आत्महत्या प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १४:५८

१९ मंसिर, धनगढी । बझाङमा चरेशसहित पक्राउ परेकी एक महिलाले प्रहरी हिरासतमै आत्महत्याको प्रयास गरेकी छन्।

पाँच दिन अघि २८ किलो चरेशसहित पक्राउ परेकी जयपृथ्वी नगरपालिका–३ की ३२ वर्षीया कल्पना रोकायाले आइतबार दिउँसो करिब १२ बजेतिर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ज्ञानबहादुर बिष्टले हिरासतको शौचालयमा आत्महत्याको प्रयास गरेकी रोकायाको उद्दार गरिएको जानकारी दिए।

शौचालय गर्न गएका बेला झुण्डिएर आत्महत्याको प्रयास गरेको महिला प्रहरीले थाहा पाएपछि रोकायाको घाइते अवस्थामा उद्दार गरिएको थियो।

अहिले जिल्ला अस्पतालमा उपचाररत उनको अवस्था सुधार भइरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।

विशेष सूचनाका आधारमा नेपाल प्रहरीको सुदूरपश्चिम अनुसन्धान समूह(आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई लागुऔषध चरेशसहि गत १४ मंसिरमा पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?