+
+

नेपालका लागि पूर्वराजदूत टेप्लिज बनिन् अमेरिकाको सहायक विदेशमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १८:३०

१९ मंसिर, काठमाडौं । नेपालका लागि पूर्व राजदूत अलाइना बी टेप्लिजलाई अमेरिकाको सहायक विदेश मन्त्रीमा नियुक्त गरिएको छ ।

शनिबार राष्ट्रपति जो बाइडेनले नेपालका लागि पूर्व राजदूत टेप्लिजलाई अमेरिकाको सहायक विदेश मन्त्रीमा नियुक्त गरेको ह्वाइट हाउसले जनाएको छ । उनलाई प्रशासनतर्फ सहायक विदेश मन्त्रीमा नियुक्त गरिएको हो ।

सन् २०१५ देखि २०१८ सम्म नेपालको राजदूत बनेकी टेप्लिजलाई हालै श्रीलंकाको राजदूतमा नियुक्त गरिएको थियो । उनी नेपालको राजदूत लगत्तै माल्दिभ्सको राजदूत बनेकी थिइन् ।

सन् १९९१ देखि अमेरिकी विदेश मन्त्रालयमा सेवा सुरु गरेकी टेप्लिजसँग विभिन्न मुलुकमा काम गरेको अनुभव छ । उनले २०११ देखि २०१२ सम्म काबुलस्थि अमेरिकी दूताबासमा मिनिस्टर काउन्सिलको रुपमा समेत काम गरेकी थिइन् ।

त्यस्तै उनीसँग बंगलादेश, माल्दिभ्स र नेटो गठबन्धनमा काम गरेको अनुभव पनि छ । जर्ज टाउन युनिभर्सिटी स्कुल अफ फरेन सर्भिसबाट स्नातक गरेको टेप्लिजका २ छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?