+
+

वैवाहिक जीवनमा बाँधिइन् ‘मै‌ पनि एमाले’की गायिका प्रिया

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १८:५८
तस्वीर : सामाजिक सञ्जालबाट

१९ मंसिर, काठमाडौं । ‘सैं पनि एमाले, मै पनि एमाले’ लगायत दर्जनौं गीतमा स्वर दिएकी गायिका प्रिया भण्डारी वैवाहिक जीवनमा बाँधिएकी छन् । आइतबार उनले अमेरिका बस्दै आएका पाल्पा तानसेनका प्रभात अधिकारीसँग विवाह गरेकी हुन् ।

केही समयदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । गुल्मीमा जन्मिएर बुटवलमा बसेर अध्ययनसँगै सांगीतिक यात्रालाई अगाडि बढाइरहेकी प्रियाको विवाह बुटवलको जोगीकुटीस्थित एक पार्टी प्यालेसबाट भएको हो ।

एमालेको चुनावी गीत ‘सैं पनि एमाले, मै पनि एमाले’मा बद्री पंगेनीसँग स्वर दिएपछि प्रिया चर्चामा आएकी थिइन् । उनले बद्री पंगेनीसँगै गाएको ‘कान्छी ओइ कान्छी’ बोलको लोकदोहोरी गीतलाई पनि स्रोता-दर्शकले रुचाएका थिए ।

केही दिनअघि मात्रै सार्वजनिक भएको वैकुण्ठ महतको ‘हाम्रो नेपालमा राम्रो एमाले’ बोलको गीतमा पनि प्रियाले स्वर दिएकी छन् । प्रियालाई बधाई दिन एमालेका केही नेताहरु बुटवल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?