+
+

महानगरको आम्दानी-खर्च खाता अब एनआईसी एसियामा, ७ अर्ब निक्षेप सर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १०:१४

२० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाको आम्दानी र खर्च खाता सबै एनआईसी एसिया बैंकमा सर्ने भएको छ । नेपाल राष्ट्र बैंक र नबिल बैंकमा रहेका सबै खाता एनआईसी एसियामा ल्याउने गरी महानगरपालिकाले सोमबार सम्झौता गर्ने तयारी गरेको छ ।

महानगरपालिकका एक अधिकारीका अनुसार दैनिक आय र व्यय हुने सबै खाता एनआईसीमार्फत सञ्चालन गर्दा करिब ७ अर्ब रुपैयाँ निक्षेप एनआईसी एसियामा सर्नेछ । त्यसरी सर्ने निक्षेप दैनिक कायर्सञ्चालनका लागि चालु खातामा जम्मा हुनेछ ।

यसअघि नबिल बैंकमार्फत महानगरपालिकाले दैनिक खाताहरु सञ्चालन गरिरहेको थियो । अब महानगरका कर्मचारी र जनप्रतिनिधिको तलबी खाता पनि अब एनआईसी एसियामा सर्ने भएको छ । महानगरपालिकाले दैनिक २ करोडभन्दा बढी राजस्व आम्दानी गर्छ । तर महानगरपालिककाको व्यय दर भने निकै कमजोर छ ।

महानगरका अनुसार एसनआईसी एसियाले दैनिक राजस्व संकलनका लागि सबै वडा कार्यालय वा वडा कार्यालयसँगै बैंकको एक्सटेन्सन कार्यलय खोल्ने प्रतिवद्धता जनाएको छ । कर्मचारीले नगद नबुझी बैंकिङ खातामा कर बापतको जम्मा गर्न लगाउने महानगरको योजना छ ।

बैंकले महानगरपालिकाका कर्मचारी र जन प्रतिनिधिलाई आधार दरकै ब्यादजरमा ऋण उपलब्ध गराउने ग्यारेन्टी गरेको छ भने बीमा लगायतका सुविधा पनि दिने बताएको ती अधिकारीले दावी गरे ।

महानगरपालिको बोलकबोलबाट नै एनआईसी एसियामा दैनिक कार्यसञ्चालनको खाता खोल्न लागेको महानगरपालिकका प्रवक्ता ईश्वरराज डंगोलले जानकारी दिए । कति निक्षेप एनआईसी एसियामा सर्छ भन्ने यकीन गर्न हिसाव मिलान गर्न बाँकी रहेको भन्दै उनले नबिल बैंकसँगको १० वर्षको सम्झौता सकिएपछि नयाँ बैंकमा खाता सञ्चालन गर्न लागिएको बताए ।

‘विस्तारै सबै खाता एनआईसी एसियमा र्साने योजना छ,’ डंगोलले भने । नबिल बैंकसँगको सम्झौता गत असारमै सकिएपछि महानगरपालिकाले नयाँ सम्झौताको प्रक्रिया अघि बढाएको थियो । जसमा ९ वटा बैंकले आफ्ना अफरसहित प्रस्ताव पेश गरेका थिए ।

आकर्षक रहेको ठहर गरेर एनआईसी एसियाको प्रस्ताव छनोट गरिएको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?