+
+

गर्भवती भएपछि जेनिफर पहिलो पटक रेड कार्पेटमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १३:००

२० मंसिर, काठमाडौं । हलिउड अभिनेत्री जेनिफर लोरेन्स हाल गर्भवती छिन् । सन् २०१९ मा निर्देशक समेत रहेका आफ्ना प्रेमी कुक मारोनीसँग विवाह गरेकी जेनिफर गर्भवती भएपछि पहिलो पटक रेड कार्पेटमा उपस्थित भएकी छन् ।

आइतबार न्युयोर्कमा आफू अभिनित नयाँ चलचित्र ‘डन्ट लुक अप’को रेड कार्पेट प्रिमियरमा जेनिफर आफ्ना को–स्टार लियोनार्दो डिकाप्रियोसँग उपस्थित भएकी हुन् । त्यसक्रममा उनले आफ्नो ‘बेबी पम्प’को पनि शो गरेकी छन् ।

जेनिफर लिंकन सेन्टरमा आयोजित कार्यक्रममा सुनौलो रंगको गाउनमा उपस्थित थिइन् । केही समयअघि पति कुककै साथमा जेनिफरले आफू गर्भवती भएको पहिलोपटक घोषणा गरेकी थिइन् ।

‘डन्ट लुक अप’लाई एडम माइकले निर्देशन गरेका हुन् । यो चलचित्र डिसेम्बर १० मा केही सिनेमा हलहरुमा प्रदर्शन हुनेछ भने डिसेम्बर २४ बाट ओटीटी प्लेटफर्म नेटफ्लिक्सबाट स्ट्रिमिङ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?