+
+

उद्धव थापा : बीपीको सुरक्षादस्तादेखि प्रदेश सभापतिसम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १३:३७

२० मंसिर, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन् । थापाले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई दुई मत अन्तरले हराए । यद्यपि घिमिरेले पुनः मतगणनाको माग गरेका छन् ।

झापाका बासिन्दा उद्धव थापा नेपाली कांग्रेसका पुराना कार्यकर्ता हुन् । उनी बीपी कोइरालाको सुरक्षादस्ता हुँदै प्रदेश सभापतिसम्म आइपुग्दा उनले उतारचढावपूर्ण राजनीतिक यात्रा तय गरेका छन् ।

कृष्णप्रसाद सिटौला पक्षमा रहेका उनले संस्थापन इतरपक्षबाट गुरुराज घिमिरेले उम्मेदवारी दिएपछि सभापतिको टिकट पाएका थिए । झापाका नेता तथा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासँग उनको लाइन संघर्ष केही वर्षयता निरन्तर चलिरहेको छ ।

२०३४ मा विद्यार्थी राजनीति हुँदै कांग्रेसमा प्रवेश गरेका थापा झापामा दुई कार्यकाल सभापति बने । २०३५ सालको जनमत संग्रहमा पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय व्यवस्था स्थापनका भएको प्रचार अभियानमा थापा कांग्रेस नेता विपी कोइरालाको सुरक्षा दस्तामा सहभागी थिए ।

उनी नेपाली कांग्रेस अर्जुनधारा गाउँसमितिको सचिव-सभापतिको एक-एक कार्यकाल काम गरे । झापा क्षेत्र नं. २ को क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको रुपमा काम गरे ।

थापा दोस्रो जनआन्दोलनका क्रममा पक्राउ परेका थिए । तत्कालीन शाही नेपाली सेनाको मातहातमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआलीस्थित सैनिक व्यारेकमा राखेर उनलाई यातना दिएको थियो । वाणिज्य शास्त्रमा स्नातक गरेका थापा दुई पटक प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?