
२० मंसिर, विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदको निर्वाचनमा झिनो मत अन्तरले पराजित भएका गुरुराज घिमिरेले पुनः मत गणनाको माग गरेका छन् ।
संस्थापनइतर पक्षका घिमिरेले पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका हुन् । मत परिणाममा चित्त नबुझेपछि पुनः मतगणनाको माग गर्दै निवेदन दिएको घिमिरेले अनलाइनखबरलाई बताए ।
घिमिरे संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग दुई मत अन्तरले पराजित भएका छन् । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4