+
+

टिपरले अटोरिक्सालाई ठक्कर दिँदा बाबु-छोराको मृत्यु

प्यूठानमा टिपरको ठक्करबाट अटोरिक्सामा सवार दुई जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १४:५१

२० मंसिर, बुटवल । प्यूठानमा टिपरको ठक्करबाट अटोरिक्सामा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका–३ घुर्चनेका ३५ वर्षका अमृत थापा र उनका ४ बर्षका छोरा सुशान्त थापा रहेका प्रहरीले जनाएको छ ।

चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको न ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोरिक्सालाई माण्डवी गाउँपालिका–५ चकचके–चेरनेटा सडक खण्डमा ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ई–रिक्सामा सवार प्यूठान नगरपालिका–३ कि ८ वर्षकी दुर्गा थापा, ३० बर्षकी पुनम थापा, १६ बर्षकी विपना थापा र १० बर्षकी सुष्मा थापा घाइते भएका प्रहरीले जानकारी दिएको छ । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?