+
+

कांग्रेस सहमहामन्त्रीमा भीष्मराजले गरे उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आदिवासी/जनजातितर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १६:२८

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले आदिवासी/जनजातितर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसले यस पटकदेखि समावेशी समूह अन्तर्गत आठ सहमहामन्त्रीको व्यवस्था गरेको छ । कांग्रेसको विधानले गरेको नयाँ व्यवस्थाअनुसार खस आर्य, महिला, थारु, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट १-१ जना सहमहामन्त्री चुनिनेछन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता आङ्देम्बेले पार्टीलाई चलायमान बनाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?