+
+

सामुदायिक वनका अध्‍यक्षविरुद्ध १८ लाख ७७ हजारको भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १६:४०

२० मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताविरुद्ध सोमबार विशेष अदालतमा मद्दा दायर गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष हरि दमाइ, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंहविरुद्ध १८ लाख ७७ हजार रुपैयाँ भ्रष्टाचार गरेको कसूरमा मुद्दा दायर गरेको हो ।

त्यस्तै समितिका सदस्य रणबहादुर बडुवालविरुद्ध पाँच लाख ५० हजार, सदस्य भरतबहादुर शाहीविरुद्ध एक लाख ५० हजार र समूहका उपभोक्ता प्रेमबहादुर सिजापतिविरुद्ध आठ लाख ८७ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियारले वन समूहकी उपभोक्ता हस्तनादेवी शाहीविरुद्ध एक लाख १५ हजार र अशोक सिंहविरुद्ध २५ हजार  रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणसहित अभियोग पत्र दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

अख्तियारले सोमबार नै वैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत नायब सुब्बा दुर्गाप्रसाद पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्यालय परिसरमा रहेको फोटोकपी सञ्चालकसँगको मिलेमतोमा नायब सुब्बा पोखरेलले घुस लिएको अख्तियारको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?