+
+

पौडेल समूहका सभापतिका आकांक्षीहरु छलफलमा जुट्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १७:१०
बाँयाबाट क्रमश : रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. शेखर कोइराला

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहका नेताहरु नेतृत्व चयनका विषयमा छलफल गर्न बैठक बस्दैछन् ।

सोमबार साँझ पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी चार नेताबीच छलफल हुने महामन्त्री डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए । महाधिवेशन आउन एक साता पनि बाँकी छैन तर पौडेल समूहले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेको छैन । सभापतिमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दावी गर्दै आएका छन् ।

महाधिवेशनमा सर्वसम्मत उम्मेदवार उठाउने पौडेल समूहले बताउँदै आएको छ तर सभापतिका आकांक्षीले आफ्नो नाममा सहमति हुनुपर्ने दावी गर्दै आएका छन् ।

कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२७ सम्म काठमाडौंमा हुँदैछ । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने तयारी गरेका छन् भने उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने पछिल्लो समय मौन छन् । पार्टीभित्र तेस्रो धारका रुपमा चिनिने सिटौला समूहले तल्लो तहका अधिवेशनमा भने संस्थापन समूहसँग गठबन्धन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?