+
+

प्रस्तावित तीन राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १७:२४

२० मंसिर, काठमाडौं । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

सोमबार संसदीय सुनुवाइ समितिमा सांसदहरुको प्रश्नको जवाफ दिएपछि भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री, बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको नाम सर्वसम्मतले अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए ।

प्रस्तावित व्यक्तिहरुको सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवको आधारमा राजदूतका लागि योग्य देखिएकाले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिहरुलाई सर्वसम्मत रुपले अनुमोदन गरिएको उनले जानकारी दिए ।

समितिले आगामी दिनमा सरकारले गर्ने राजनीतिक नियुक्तिहरुमा संविधानको धारा ४२ बमोजिम समानुपातिक समावेशी सिद्धान्त अनुसार गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ । सोमबार संसदीय समितिको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारले भारत, अमेरिका र बेलायतको राजदूत नियुक्ति गर्दा समानुपातिक समावेशी सिद्धान्त पालना नगरेको भन्दै सुनुवाइ रोक्न माग गरेपछि समितिले समानुपातिक समावेशीको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएको हो ।

गत कात्तिक ११ गतेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका र बेलायतका लागि क्रमश डा. शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । उनीहरुको नाम संसदीय समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?