+
+

व्यवसायमैत्री नीति बने लगानीको खोलो बग्छ : उपाध्यक्ष ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १८:३९

२० मंसिर, बुटवल। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीमैत्री नीति बनाउन सके नेपालमा लगानीको खोलो बग्ने बताएका छन् ।

विकसित मुलुकले लगानीलाई महत्व दिएकै कारण आर्थिक विकासमा फड्को मारेको औंल्याउँदै ढकालले नेपालमा लगानीमैत्री वातावरण अझै नबनेको गुनासो गरे ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६८औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्वोधन गर्दै उनले उद्योगमैत्री नीति भएमा नेपालमा लगानीका थुप्रै अवसर रहेको बताए ।

बैंक तथा वित्तिय संस्थामा उत्पन्न तरलता अभावले समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले नीति बनाउँदा नीजि क्षत्रको सुझाव सल्लाह लिएर बनाउन आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले खुला सिमाबाट हुने अवैध आयातमा कडाई गर्न माग गरे । महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा भएका समस्या समाधानमा गम्भीर बन्न सकारलाई आग्रह गरे ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोरोना महामारीले मुलुकको अर्थतन्त्रलाई तहसनहस बनाएको बताउँदै संघ, प्रदेश र स्थानीय सरकारलाई व्यवसायमैत्री भइदिन आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समिति सभापति भरत आचार्यले उत्पादनमूलक र निर्यातमुखी अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिन सरकारलाई सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?