
२० मंसिर, धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
सोमबार साँझ पाटन बजारबाट सोही नगरपालिका-१ को सकारतर्फ गइरहेको से१ ज ८८८ नम्बरको जीप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र पाटन ल्याउने काम भइरहेको जानकारी दिए ।
जीपमा चालकसहित ११ जना सवार रहेको भनिएपनि विस्तृत विवरण प्राप्त भइनसकेको खड्काले बताए । तर जीप चालक भने फरार छन् ।
जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुलको छैन । घटनास्थल पाटन बजारदेखि करिब एक घण्टाको दूरीमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4