+
+

पौडेल समूहले छान्न सकेन सभापति, मंगलबार फेरि छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते २१:१४
नेताहरु बाँयाबाट क्रमश: रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइराला ।

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा केन्द्रीय सभापतिको साझा उम्मेदवार टुंगो लगाउन अन्तिम रस्साकस्सी शुरु भएको छ । तर सोमबार साँझ भएको आकांक्षीहरुको छलफलमा भने कुनै सहमति जुट्न सकेन ।

प्रदेश अधिवेशन सकिएपछि सभापतिका चार आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा भेला भएका थिए । तर वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच सभापतिको उम्मेदवार को हुने भन्ने सहमति जुट्न सकेन ।

‘आज पनि सबैले आफैंलाई केन्द्रमा राखेर कुरा गर्नुभयो, सहमति केही भएन,’ बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, सहमतिमै उम्मेदवार दिनुपर्छ भन्नेमा सबै एकमत छन्, तर सबैको जोड म नै हुनुपर्छ भन्नेमा छ ।’

पछिल्लो समय वरिष्ठ नेता नेता पौडेल र महामन्त्री डा. कोइरालाले सहमति भए आफूहरु त्याग गर्न तयार रहेको बताउँदै आएका छन् । तर पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य कोइरालाले भने आफू बलियो उम्मेदवार भएको दाबी गर्ने गरेका छन् ।

सोमबार भएको छलफलमा पूर्वमहामन्त्री सिंहले ‘पावर सेयरिङ’ गरेर साझा उम्मेदवार टुंगो लगाउनुपर्नेमा जोड दिए । ‘उहाँको भनाइ पनि सभापति चाहिँमै लड्नुपर्छ, अरु नेताहरुको व्यवस्थापनमा समझदारी गरौं भन्ने देखियो, अरु नेताको पनि कुरा त्यही हो,’ ती नेताले भने ।

चार नेता मंगलबार दिउँसो फेरि छलफलमा जुट्ने समझदारीका साथ छुट्टिएका छन् । बैठक पूर्वमहामन्त्री सिंहको निवास चाक्सीबारीमा बस्ने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?