+
+

पुटिनले भारतमा ६ घण्टा बिताए, भारत भन्छ– भ्रमण छोटो तर महत्वपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते ७:४५

२१ मंसिर, काठमाडौं । भारतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत भएको दाबी गरेको छ । पुटिनको भारत भ्रमण छोटो समयको भए पनि महत्वपूर्ण रहेको दाबी गरिएको छ ।

रुसी राष्ट्रपति पुटिन सोमबार भारत भ्रमणमा आएका थिए । उनी करिब ६ घण्टामात्र भारतमा रहे । भारतमा रहँदा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।

पुटिनको छोटो भारत भ्रमणबारे जानकारी दिंदै भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाले भने, ‘राष्ट्रपति पुटिनको भ्रमण छोटो थियो तर धेरै महत्वपूर्ण र सम्बन्धलाई थप प्रगाढ बनाउने खालको थियो । यस क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि भएका छन् ।’ पुटिन र मोदीबीच द्विपक्षीय व्यापार, लगानी जस्ता विषयले प्राथमिकता पाएको जानकारी पनि श्रृंगलाले दिए ।

भेटवार्तामा मोदीले कोभिड महामारीको बेला सहयोग गरेको भन्दै पुटिनप्रति आभार प्रकट गरेका थिए भने रुसको तेल, ग्यास लगायतका पेट्रोकेमिकल्समा लगानीगर्ने रुचि देखाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?