+
+

सेन्सर पास भइसकेको ‘चुरीफुरी’ पुस ९ मा रिलिज होला ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते ११:२७

२१ मंसिर, काठमाडौं । रिलिजको तीन साताअघि नै निर्माता तथा निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘चुरीफुरी’को सेन्सर सकाएका छन् । यो चलचित्रलाई सबै वर्गका दर्शकले हेर्न पाउने छन् ।

चलचित्रको ट्रेलर पनि सार्वजनिक भइसकेको छ । चलचित्रले देशका विभिन्न क्षेत्रमा कसरी मानिसहरु ठगिन्छन् भन्ने कथालाई कमेडी शैलीमा प्रस्तुत गरेको छ ।

चलचित्रलाई पुस ९ गते रिलिज गर्ने तयारीका साथ यसको निर्माणपक्ष दौडधुपमा व्यस्त छ । तर, केही दिनयता कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वभर फैलिन थालेपछि चलचित्र निर्मार्ताहरुमा पनि त्रास देखिन थालेको छ ।

‘चुरीफुरी’का निर्देशक आचार्य चलचित्र पुस ९ मा रिलिज गर्ने मनस्थितिमा आफूहरु रहेको बताउँछन् । तर, अबको केही दिन कोरोनाको असर कस्तो देखिन्छ भन्ने कुरामा पनि भर पर्ने उनको भनाइ छ । ‘हामी आत्तिएका छैनौं, तर सचेत भने छौं । भारतमा पनि महँगो बजेटका चलचित्र रिलिज गर्न निर्माता डराएका छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा हामी पनि डराउनुपर्ने त छैन । तर, परिस्थितिलाई हेरेर निर्णय लिन्छौं ।’

चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, बुद्धि तामाङ, सुरवीर पण्डित, रविन्द्र झा, सुवोध गौतम, दीपक आचार्य लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?