+
+

एउटा मात्रै उम्मेदवार बनाउन सजिलो छैन : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १४:२१

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिमा साझा उम्मेदवार तय गर्नेबारे छलफल भएपनि सहमतिको सम्भावना न्यून रहेको बताएका छन् । उनले संस्थापन इतर समूहबाट सभापति पदमा एउटा मात्रै उम्मेदवार बनाउने प्रयास भइरहेको बताए ।

मंगलबार सिंहदरवारको पश्चिम गेट अगाडि रहेको स्काई बैंकेट (पुरानो नेसनल ट्रेडिङ) को अफिसमा सम्पर्क कार्यालय खोल्दै नेता सिंहले साझा उम्मेदवार तय गर्नेबारे छलफल भएपनि सहमति जुट्न सजिलो नभएको बताएका हुन् ।

उनले भने, ‘सहमतिको सम्भावना टरेको छैन । तर कुरा मिल्न पनि सजिलो छैन । सहमति नभए प्रजातान्त्रिक पार्टी हो कुरा नमिले चुनाव हुन्छ । १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका नेता सिंहले कार्यकर्ताहरुसँग भेटघाटका लागि सम्पर्क कार्यालय खोलेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा रहेका नेता सिंहले सभापतिको तयारी तीब्र बनाएका हुन् । पौडेल समूहबाट सभापतिका लागि चार आकांक्षी छन् । नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी हुन् ।

चार जनामध्ये एक मात्रै सभापतिमा उम्मेदवार बनाउने घोषणा पौडेल समूहले गरेको थियो तर महाधिवेशन आउन तीन दिन मात्रै बाँकी हुँदा उम्मेदवार तय गर्न पौडेल समूहभित्र अन्तिम रस्साकस्सी सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?