+
+

कागजमा सीमित कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १४:४३

२१ मंसिर, जनकपुरधाम । कागजमा सीमित कृषि विश्वविद्यालयमा प्रदेश २ सरकारले उपकुलपति नियुक्त गरेको छ ।

सिरहाको मिर्चैया नगरपालिका-२ निवासी वैधनाथ महतो विश्वविद्यालयको उपकुलपति नियुक्त भएका हुन् । उपकुलपतिमा नियुक्त महतो प्रदेश २ का नीति तथा योजना आयोगका पूर्व सदस्य हुन् ।

महतोलाई सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा कृषि विश्वविद्यालयका कुलपति एवम् मुख्यमन्त्री लालबाबु राउतले उपकुलपतिमा मंगलबार नियुक्त गरेका छन् ।

उपकुलपति नियुक्त भए पनि प्रदेश २ मा कृषि विश्वविद्यालय स्थापना भने हुन सकेको छैन । यसको स्थापनाका लागि प्रदेश २ सरकारले केही दिनअघि सिफारिस गरेको अध्यादेश प्रदेश प्रमुखले जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?