+
+

माग पूरा नगरेको भन्‍दै बुटवल ज्योतिनगरका पहिरो प्रभावित आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १८:१६

२१ मंसिर, बुटवल । पहिरो नियन्त्रण, पहिरोबाट विस्थापित परिवारको व्यवस्थापन र बुटवलको सडक समयमै निर्माण गर्न सम्बन्धित निकायले चासो नदिएको भन्दै बुटवल ज्योतिनगरका पहिरो प्रभावितले चरणवद्ध आन्दोलन घोषणा गरेका छन् ।

चुरे तिनाउ संरक्षण समितिले मंगलबार गोलपार्कको सडकमै पत्रकार सम्मेलन गरी चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

पुस २५ गतेसम्म पनि माग पूरा नगरे पुस २६ गते बुटवल बन्द गर्ने समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । जसअनुसार मंसिर २२ गते नागरिक समाजका संघसंस्थाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय,मुख्यमन्त्री कार्यालय र बुटवल उपमहानगरपालिकामा ध्यानाकर्षण गराउने, पुस ३ गते सम्म राजनीतिक दल,संघसंस्था र सरकारका सम्बन्धित कार्यालयहरुमा ज्ञापनपत्र दिने,पुस ४ गते सडक विभागमा धर्ना, पुस ८ गते प्रदेश वन मन्त्रालयमा धर्ना, पुस ११ गते शहरी विकास तथा खानेपानी मन्त्रालयमा, १५ गते बुटवल उप-महानगरपालिकामा र १८ गते मुख्यमन्त्री कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको समितिका अध्यक्ष कमल गौतमले बताए।

यस्तै पुस २३ गते दिउसो गोलपार्कमा चक्काजाम, २५ गते नाराजुलुस र २६ गते बुटवल बन्द गर्ने गौतमले बताए ।

गत भदौमा गएको पहिरोले ज्योतिनगर क्षेत्रका एक दर्जन परिवार विस्थापित भएका थिए भने ५० बढी घर प्रभावित भएका थिए । विस्थापित परिवारहरुको उचित व्यवस्थापन र राहतमा पनि सम्बन्धित निकायले बेवास्ता गरेको गौतमले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?