+
+

टी-२० विश्वकप ग्लोबल छनोट : नेपाल, आयरल्याण्ड, यूएई र ओमान एउटै समूहमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते ११:३६

२२ मंसिर, काठमाडौं । अर्को वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि हुने ग्लोबल छनोटमा नेपालले समूह चरणमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

१६ टिमले प्रतिस्पर्धा गर्ने ग्लोबल छनोटमा दुई समूह हुन्छ । त्यसमध्ये नेपाल समूह ए मा छ । हरेक समूहका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् ।

नेपाल रहेको समूह ए को ग्लोबल छनोट २०२२ फेब्रुअरीमा ओमानमा आयोजना हुनेछ । यस समूहमा ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आधिकारिकरुपमा समूह विधाजन सार्वजनिक नगरेपनि साउथ चाइना मर्निङ पोष्टले स्रोतलाई उधृत गर्दै समूह विभाजन बारे समाचार प्रकाशित गरेको छ ।

जसअनुसार समहू ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, यूएई, क्यानडा, फिलिपिन्स, जमर्नी र बहराइन छन् । सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको नेपाल त्यसयता छनोट हुन सकेको छैन ।

ग्लोबल छनोटको समूह बी मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । यस समूहको छनोट २०२२ मा जिम्बाब्वेमा हुनेछ ।

ग्लोबल छनोटपछि दुवै समूहको शीर्ष स्थानमा रहने २-२ टोली गरी ४ टोलीले टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

आयोजक अष्ट्रेलियासहित शीर्ष ८ वरीयतामा रहेका इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्यु जिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेश भने सिधै टी-२० विश्वकपको सुपर १२ मा स्थान पक्का गरेका छन् ।

त्यसपछिका वरीयतामा रहेका वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्यान्डले टी-२० विश्वकपको पहिलो चरणमा स्थान बनाएका छन् । यी चारसँगै ग्लोबल छनोटबाट आएका चार गरी आठ टिमले विश्वकपको पहिलो चरणमा खेल्नेछन् । टी-२० विश्वकप २०२२ अक्टोबर-नोभेम्बरमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?