+
+

‘ब्रेकअप’पछि प्रिज्मा मनको बह पोख्दै, मौन सागर

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १३:३१
फाइल तस्वीर

२२ मंसिर, काठमाडौं । जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेको ‘छल छल’ बोलको गीतको म्युजिक भिडियो केही दिनअघि सार्वजनिक भयो । यो गीत सार्वजनिक भएपछि यसको प्रचारमा हिँडेका प्रिज्मा र प्रिन्सीले गीत भन्दा बढी प्रेम र ब्रेकअपको कुरा गरिरहेका छन् ।

हास्य कलाकार तथा मोडल सागर लम्सालको प्रेममा केही समय रहेर अलग भएकी प्रिज्माले यो प्रश्नको सामना त गर्ने नै भइन् । प्रिज्माले पनि प्रचारका क्रममा गीतको विषयभन्दा प्रेममा किन ब्रेकअप हुन्छ र विश्वास गरेको मानिसबाट धोका पाउँदा के हुने रहेछ भन्दै सञ्चारकर्मीसामु आँशु बगाइन् । सामाजिक सञ्जालमा उनको यही विषयले बढी चर्चा पाइरहेको छ ।

प्रिज्माले मनको बह पोखिरहँदा सागर भने मौन छन् । केही महिनादेखि परिवारसँग नै समय बिताइरहेका सागर यो विषयमा केही पनि नबोल्ने बताउँछन् । सागरले अनलाइनखबरसँग भने, ‘यो विषयमा म केही पनि बोल्न चाहन्नँ । किनकि, मैले बोल्दा अरु कसैलाई असर पर्छ भने म मौन बसेको नै राम्रो हुन्छ ।’

सागर यही वर्ष विवाह गर्ने तयारीमा छन् । विवाहकै विषयमा कुरा नमिल्दा सागर र प्रिज्मा अलग भएको बताइन्छ । सागर आफ्नो उमेर भइसकेकाले पनि यही वर्ष नै बिहे गर्ने सोचमा थिए । तर, प्रिज्मा अझै केही वर्ष विवाह नगर्ने सोचमा गएपछि उनीहरुबीच कुरा नमिलेको चर्चा छ ।

प्रिज्माको अभिव्यक्ति सार्वजनिक भएपछि सागरलाई नराम्रो भन्ने दर्शकहरुको संख्या भने धेरै छ । तर, सागर आफूले गाली खाएपनि यो विषयमा बोलेर अझै यो मुद्दालाई तन्काउने पक्षमा नरहेको बताउँछन् । आफूले बोल्दा घटना अन्तै मोडिने उनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?