+
+

घरभन्दा अपार्टमेन्ट खर्चिलो हुन्छ

लैला श्रेष्ठ, आर्किटेक्ट डिजाइनर लैला श्रेष्ठ, आर्किटेक्ट डिजाइनर
२०७८ मंसिर २२ गते १४:३१

२२ मंसिर, काठमाडौं । शहरी भेगमा पछिल्लो समय अपार्टमेन्ट संस्कृतिको प्रयोग बढ्दो छ । सामान्यतया शहरमा घर किन्न महँगो हुने हुँदा सामूहिक बसोबास गर्ने अवधारणा भएपनि नेपाली परिपाटी फरक छ ।

नेपालमा अपार्टमेन्ट खरिद गर्न र घर बनाउन खर्चको हिसाबले उस्तै–उस्तै पर्ने गर्छ । तर पनि सुरक्षा लगायतका थप सुविधाको हिसाबले अपार्टमेन्टमा बस्ने संस्कृति पछिल्लो समय बढ्दो छ ।

अपार्टमेन्ट व्यवस्थित आवासीय क्षेत्र हो । अपार्टमेन्टमा फ्ल्याट भाडा वा खरिद गरेर बस्न सकिन्छ । नेपालमा फ्ल्याट या सिंगै घर भाडामा लिएर वा खरिद गर्नेगरी दुई किसिमको अपार्टमेन्ट पाइन्छ । त्यसैले मूल्य र अन्य सुविधालाई तुलना गर्दा घर र अपार्टमेन्टको बसाइ भिन्न देखिन आउँछ ।

लैला श्रेष्ठ, आर्किटेक्ट डिजाइनर

फ्ल्याटमा बस्दा फाइदा कि अपार्टमेन्टमा ?

फाइदा र बेफाइदा विभिन्न तरिकाले विश्लेषण गर्न सकिन्छ । घरमा बस्दाका आफ्नै फाइदा छन् भने अपार्टमेन्टमा बस्दाको पनि छुट्टै फाइदा छ । कोही मानिस सामाजिक रुपमा घुलमिल भएर बस्न रुचाउँछन् भने कोही एक्लोपनमा रमाउने गर्छन् । छिमेकीसँग राम्रो सम्बन्ध बनाएर बस्न रुचाउनेको लागि घर फाइदाजनक हुन सक्छ भने एक्लै रमाउनेका लागि अपार्टमेन्ट राम्रो हुन सक्छ ।

अपार्टमेन्टमा बस्दा अरु छिमेकीसँग साइनो सम्पर्क कम हुने हुँदा एक्लै रमाउने परिवारको लागि अपार्टमेन्ट ठीक हुन्छ । तर अपार्टमेन्ट खरिद गरिसकेपछि अर्काे व्यक्तिलाई बेच्नको लागि निर्माण कम्पनीसँग स्वीकृति लिनुपर्ने भएकोले यो अलिकति झण्झटिलो हुन्छ । आर्थिक फाइदाको हिसाबमा भन्दा कत्रो घर बनाउने र कस्तो जीवनशैली अपनाउने भन्नेमा फरक हुन्छ ।

अपार्टमेन्टमा बस्दा पानी, सुरक्षाकर्मी, स्वीमिङ पुल आदि सबै सुविधाको लागि नियमित पैसा तिरिरहनुपर्छ । निजी घर हो भने पनि नियमित शुल्क तिर्नुपर्छ तर यो तुलनात्मक रुपमा अपार्टमेन्टको भन्दा कम पर्न आउँछ । ठूलो घर र घरानियाँ तरिकाले बस्ने हो भने चाहिं अपार्टमेन्टमा जस्तै धेरै खर्च निजी घरमा पनि आउन सक्छ । सुरक्षा र अरु सुविधालाई बिर्सिएर आर्थिक हिसाबले मात्रै हेर्ने हो भने चाहिं अपार्टमेन्ट अलि बढी खर्चिलो हुन्छ । सुरक्षाको हिसाबले फेरि अपार्टमेन्ट ठीक छ ।

प्राकृतिक प्रकोपको लागि अपार्टमेन्ट सुरक्षित कि घर ?

भूकम्प, आगलागी जस्ता प्राकृतिक प्रकोप आउँदा व्यक्तिगत घरभन्दा अपार्टमेन्ट बढी सुरक्षित हुन्छ । अपार्टमेन्ट बनाउँदा धेरै परिवार र ठूलो समुदाय एउटै घरमा बस्छन् भन्ने भएपछि सुरक्षाको हिसाबमा यो बढी सुरक्षित हुन्छ । यसमा भूकम्प प्रतिरोधी सामग्रीहरूको प्रयोग गर्ने एवं आगलागीबाट बच्नको लागि निर्माण समयदेखि नै पूर्वाधारको विकास गरिएको हुन्छ । अधिकांश निजी घर बनाउँदा यसबारे ध्यान दिइएको हुँदैन । सस्तो शुल्कमा घर बनाउने चक्करमा धेरै घरधनीले सुरक्षामा ध्यान दिएका हुँदैनन् । त्यसैले प्राकृतिक प्रकोपको जोखिमका हिसाबले घरभन्दा अपार्टमेन्टमा बस्नु सुरक्षित देखिन्छ ।

अपार्टमेन्टका सुविधा

अपार्टमेन्टमा पाइने तर घरमा नपाइने मुख्य सुविधा भनेको त सुरक्षा नै हो । यसका अतिरिक्त अपार्टमेन्टभित्रै अभ्यास गर्ने ठाउँ, स्वीमिङ पुल र ग्रोसरी सुविधा पाइन्छ । अपार्टमेन्टमा बस्दा बालबच्चा कम्पाउण्डमा हिँडडुल गर्न सहजै सक्ने र गुडिरहेको गाडीले ठक्कर दिने जस्ता जोखिम कम हुन्छ । सबै तरिकाको सुरक्षाको लागि अपार्टमेन्टमा सुविधा बढी हुन्छ ।

अपार्टमेन्टमा बस्दा ध्यान दिनुपर्ने कुरा

अपार्टमेन्ट खरिद गर्दा केही मूलभूत विषयलाई ध्यान दिनुपर्छ । अपार्टमेन्ट खरिद गर्दा आफ्नो आम्दानीको स्रोत र आफूसँग भएको सम्पत्तिको आधारमा कति मूल्यको अपार्टमेन्ट किन्ने ? त्यो विषयमा यकिन हुनुपर्छ ।

अपार्टमेन्ट किन्ने यकिन भइसकेपछि आम्दानी र सम्पत्तिको आधारमा अपार्टमेन्टको कानुनी प्रक्रियाबारे सबैभन्दा पहिले बुझ्नुपर्छ । त्यो कानुनी रुपमा विवादित छ भनेपछि अनेक झण्झट निम्तिन सक्छ । कानुनी कुरा मिलेपछि त्यहाँभित्र रहेको सुविधाको बारेमा बुझ्नुपर्छ । अर्थात्, अपार्टमेन्ट नजिक अस्पताल, विद्यालय जस्ता सुविधा कति पर छन् र त्यो त्यहाँबाट आउजाउ गर्न सहज छ कि छैन यकिन गर्नुपर्छ ।

अपार्टमेन्ट लिँदा बैंकले पछि ऋण लगानी गर्ने/नगर्ने कस्तो खालको छ ? त्यो बुझ्नुपर्छ । विवादित ठेकेदार वा मापदण्ड पूरा भएको छैन भने बैंकले ऋण लगानी नगर्न सक्छ । त्यो कुरा पहिले नै ध्यान दिनुपर्ने हुन्छ ।

यसबाहेक निर्माणकर्ता र खरिदकर्ताबीचको सम्झौतामा लेखिएका बुँदाहरु स्पष्ट बुझिने खालको छ कि छैन ? त्यसले पछि केही सम्भावित झण्झट निम्त्याउँछ कि निम्त्याउँदैन ? त्यसबारे बुझ्नुपर्छ । साथै, कुनै पनि अपार्टमेन्ट बुकिङ गर्नुभन्दा पहिले नियमित मासिक खर्च के के शीर्षकमा कति गर्नुपर्छ ? भन्ने बारेमा जानकारी लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?