+
+

कांग्रेसले भोलि साढे ११ बजे बोलायो केन्द्रीय समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते २०:३४

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन शुरु हुने अघिल्लो दिन बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना प्रकाशन गरी बिहीबार विहान साढे ११ बजे केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिएका छन् ।

नेताहरुका अनुसार महाधिवेशन तयारीका विभिन्न विषयमा छलफल गर्न बैठक बोलाइएको हो । कांग्रेस महाधिवेशन मंसि २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय समिति बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment