+
+

दाङबाट काठमाडौं आउँदै गरेको बस पूर्वी नवलपरासीमा दुर्घटना, १५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १०:१७

२३ मंसिर, काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७ जयश्री पुल नजिकै यात्रु बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४०३८ नम्बरको बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

घाइतेहरूको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?