+
+

प्रारम्भिक परीक्षणमा फाइजरको बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी देखियो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते ११:००

२३ मंसिर, काठमडौं । खोप निर्माता कम्पनी फाइजर बायोइन्टेक कम्पनीले बुस्टर डोजबाट ओमिक्रोन भेरियन्टविरुद्ध रोग प्रतिरोधी क्षमता विकास हुने बताएको छ ।
बुधबार फाइजर बायोइन्टेक कम्पनीले आफूले उत्पादन गरेको खोपको बुस्टर डोज लगाउँदा ओमिक्रोनविरुद्ध एन्टिबडी विकास हुने जनाएको हो ।

प्रारम्भिक परीक्षणबाट फाइजरको बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी हुने देखिएको भए पनि यसबारे थप अध्ययन आवश्यक रहेको कम्पनीको भनाइ छ ।

जर्ज वाशिङ्टन युनिभर्सिटी मिल्केन इस्न्टिच्युट स्कुल अफ पब्लिक हेल्थकी प्राध्याकप एवं फिजिसियन डा. लियाना वेनले परीक्षणको नतिजा सोचे अनुसार नै आएको बताएकी छन् ।

‘आज बिहान प्राप्त फाइजरको प्रमाण अप्रत्यासित छैन । हामीले जे अनुमान गरेका थियौं त्यही नतिजा आएको छ अर्थात् यो सुखद र चिन्ताजनक दुवै कुरा हो’ वेनले भनिन्, ‘इम्युनिटी छल्‍ने सम्भावना र यसअघिका भेरियन्टको जस्तै २ डोजले काम नगर्न सक्ने संभावनालाई चिन्ताजनक भन्न सकिन्छ । तर मेरो विचारमा तेस्रो डोज लगाएपछि प्रभावकारिता बढ्ने कुरा सुखद हो ।’

विश्व स्वास्थ्य संगठनले समेत हालका खोपले नयाँ कोभिड भेरियन्ट ओमिक्रोनबाट संक्रमित मानिसलाई गम्भीर अवस्थाबाट सुरक्षित राख्ने बताइसकेको छ ।

हालसम्म पहिचान भएका कोभिड भेरियन्टमध्ये ओमिक्रोन भेरियन्टसँग उत्परिवर्तन क्षमता बढी छ । प्रारम्भिक प्रमाणले ओमिक्रोन अन्य भेरियन्टभन्दा संक्रामक हुन सक्ने तर संक्रमितलाई गम्भीर अवस्थामा नपुर्‍याउने संभावना देखाउँछन् ।

तर ओमिक्रोनको संक्रामक क्षमता, खोपको प्रभावकारिता र गम्भीर संक्रमणको अवस्थाबारे पूर्ण प्रमाणहरू आइसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?