+
+

आजबाट ‘नेपाल आइडल सिजन ४’ प्रसारण हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते ११:२५

२३ मंसिर, काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को चौैथो सिजन बिहीबारबाट प्रसारण हुँदैछ । ‘नेपाल आइडल सिजन ४’ एपीवान टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार बेलुका साढे ८ बजेदेखि प्रसारण हुनेछ ।

बिहीबारको पहिलो भागमा अडिसन राउण्ड दर्शकमाझ देखाइने निर्माणपक्षले बताएको छ । नेपाली टेलिभिजनमा केही वर्षयता विश्वका चर्चित रियालिटी शोका फ्रेन्चाइजहरु प्रसारण भइरहेका छन् । चौथो सिजनमा पुगेको नेपाल आइडल दर्शकमाझ लोकप्रिय छ ।

‘नेपाल आइडल’को चौथो सिजनमा निर्णायकहरु भने परिवर्तन भएका छन् । यो सिजनमा संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा छन् ।

‘नेपाल आइडल सिजन ४ ’लाई आसिफ शाह र रेश्मा घिमिरेले होस्ट गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?