+
+

५० करोड लगानीमा गोरखा गार्डेन होटल सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १४:२५

२३ मंसिर, गोरखा । आन्तरिक तथा वाह्य पर्यटकको सेवा सुविधालाई मध्यनजर गर्दै गोरखाको अर्घलेमा गोरखा गार्डेन होटल सञ्चालनमा आएको छ । चितवन र गोरखाका व्यवसायीहरु मिलेर ‘स्विमिङ पुल’ सहितको होटल सञ्चालनमा ल्याएका हुन् । गोरखा नगरपालिका–६ अर्घलेमा रहेको सो होटलमा हालसम्म ५० करोड लगानी भइसकेको बताइएको छ ।

गोरखा गार्डेन होटल प्रालिका अध्यक्ष ऋषिराम पौडेलका अनुसार होटलमा कुल ४६ कोठा छन् । स्वीट रुम २ वटा, सुपर डिलक्स १० र डिलक्स रुम ३४ वटा छन् । एक पटकमा एक सय २५ जनासम्म पाहुना राख्न सकिने पौडेल बताउँछन् । कार्यक्रम तथा सेमिनार गर्नका लागि ४ वटा अत्याधुनिक हल समेत छन् । ‘हलहरुलाई छुट्टाछुटै नाम दिएका छौ, सबैभन्दा ठूलो मनकामना हल छ जहाँ ३ सय जनासम्म बसेर कार्यक्रम गर्न मिल्छ,’ पौडेलले भने । त्यस्तै गोरखनाथ हालमा १ सय ५०, कालिका हलमा एक सय र लिगलिगकोट हलमा ३५ जनासम्म अट्ने उनले जानकारी दिए । लिगलिगकोट हललाई कर्पाेरेट मिटिङ हलको रुपमा प्रयोग गर्न सकिने उनको भनाइ छ ।

मंसिर महिनाबाट सेवा प्रारम्भ गरेको होटलले आगामी असार महिनासम्म पाहुनालाई २५ प्रतिशत छुट दिने बताएको छ । होटल सञ्चालनको पहिलो वर्ष भएकाले आउँदो असार महिनासम्म सेवा शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको उनले बताए ।

होटलमा आउने पाहुनलाई अर्गानिक खाना उपलब्ध गराउने उदेश्यका साथ अर्गानिक तरकारी खेती गर्नेहरुसँग वार्षिक सम्झौता गर्ने र उनीहरुको उत्पादन किन्ने योजना होटलको रहेको उनले बताए ।

होटल सञ्चालनमा आएसँगै कोठा अभावका कारण जिल्ला आउने पर्यटकले भोग्नुपर्ने समस्या समाधान हुने अपेक्षा उनीहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?